Logo

बजेट स्वीकृति गर्न साढे २ बजे मन्त्रिपरिषद् बैंठक, ४ बजे संसदमा पेश

बजेट स्वीकृति गर्न साढे २ बजे मन्त्रिपरिषद् बैंठक, ४ बजे संसदमा पेश



काठमाडौं । सरकारले अगामी आर्थिक बर्षको बजेट स्वीकृति गर्न साढे २ बजे मन्त्रिपरिषद्को बैंठक बस्ने भएको छ । सरकारले अगामी आर्थिक बर्षमा बजेट स्वीकृत गर्न साढे २ बजे मन्त्रिपरिषद्को बैंठक बोलाएको हो ।

हालसम्म प्राप्त सेडुल अनुसार साढे २ बर्ष मन्त्रिपरिषद्को बैंठक बसेर बजेट पास गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रीका स्वकीय सचिव तुलसी मैनालीले जानकारी दिए ।

अर्थमन्त्रीले मन्त्रिपरिषद्का बजेटका कार्यक्रम, प्राथमिकता र आकारका बारेमा मन्त्रिपरिषद्मा जानकारी गराएसँगै बजेट स्वीकृति गरेर संसदमा पेश गर्ने कार्यक्रम हरेको छ ।

सरकारले उद्यमशिलता र रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिएर बजेट निर्माण गरेको समेत अर्थ स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL