Logo

उपत्यकाबाट ३१ मेट्रिक टन फोहर व्यवस्थापन, जेठ ५ मा शंखमूल क्षेत्रमा सफाइ गरिने

उपत्यकाबाट ३१ मेट्रिक टन फोहर व्यवस्थापन, जेठ ५ मा शंखमूल क्षेत्रमा सफाइ गरिने



काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियान अन्तर्गतको २६१ औँ हप्तामा शंखमूल क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरेको हो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाजलगायतका संस्थाको सहभागिता रहेको अभियन्ता नारायणकुमार श्रेष्ठले बताएका छन ।

वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा वाग्मती सभ्यता दुत एवं नायिका मनिषा कोइराला, नायिका वेनिशा हमाल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियन्ताको सफाइमा सहभागिता थियो ।

सफाइ अभियान शुरु भएको पाँच वर्षका अवसरमा यही शनिबार जेठ ५ गते शंखमूल क्षेत्रमा बिहान सफाइ गरिने छ । बेलुकी शंखमूल क्षेत्रमै मैनबत्ती प्रज्ज्वलन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL