Logo

विश्व बैंकको नेपाल कन्ट्री म्यानेजरमा जर्भस नियुक्त, बैंकिङ क्षेत्रमा १८ बर्षको अनुभव

विश्व बैंकको नेपाल कन्ट्री म्यानेजरमा जर्भस नियुक्त, बैंकिङ क्षेत्रमा १८ बर्षको अनुभव



काठमाडौं । नेपालका लागि विश्व बैंकको कन्ट्री मेनेजरमा हदाद जर्भस नियुक्त भएका छन् । नवनियुक्त कन्ट्री म्यानेजर जर्भस नेपाल आएर पदभार समेत ग्रहण गरिसकेका छन् ।

नेपालका लागि कन्ट्री म्यानेजरको पद ग्रहण गर्न उनी मंगलबार नेपाल आइपुगेका हुन । अमेरिकी बासिन्दा जर्भस सन २००१ देखि बैंकिङ क्षेत्रमा आवद्ध छन । उनीसँग बैंकिङ क्षेत्रमा विभिन्न किसीमका व्यवस्थापकिय कार्यभार सम्हालेको अनुभव छ ।

यस भन्दा पहिला उनी मलेसीयाका कन्ट्री म्यानेजरका रुपमा कार्यरत थिए । उनले रोमाञ्चक समयमा नेपालको सेवा गर्न पाउने अवसर जुरेकोमा खुसि व्यक्त गरे । ‘नेपालसँगको ५० औं बर्षदेखिको सम्वन्धलाई अझ बलियो बनाउन आवश्यक कामकारबाही गर्नेछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL