Logo

१ करोडले चलाउछन टेलिकमको इन्टरनेट, आधा हिस्सा टेलिकमकै

१ करोडले चलाउछन टेलिकमको इन्टरनेट, आधा हिस्सा टेलिकमकै



काठमाडौं । नेपाल टेलिकमका डाटा प्रयोगकर्ता चालु आवमा १८ प्रतिशतले बढ्दै लगभग १ करोड पुगेका छन । चालु आवको फागुन मसान्तसम्म कम्पनीको डाटा प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हालसाथै ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्युनतम ५ सय ८३ रुपैयाँ सम्ममा उपलब्ध गराइरहेको छ । कम्पनीले सार्वजनिक गरेकोे फागुन महिनाको रिपोर्ट अनुसार हाल १ करोड ९१ लाख १३ हजार ७ सय ८७ जना टेलिकमका ग्राहक छन ।

कम्पनीको पछिल्लो रिपोर्ट अनुसार भ्वाइस तर्फको बजार हिस्सा पहिले भन्दा बढ्दै हाल ५० प्रतिशत पुगेको छ । यो भन्दा पहिले २०७२ असोजमा ४६, कात्तिकमा ४७ र माघमा ४८ तथा २०७३ पुसमा ४९ प्रतिशत मात्र बजार हिस्सा रहेको थियो ।

तथ्यांकमा कम्पनीको हिस्सा ब्रोडब्यान्ड डाटामा कम देखिए तापनि कम्पनीका जीएसएम टुजी ग्राहक ५२ लाख ४ हजार ९ सय ३६ लाई समेत आधार मान्दा डाटा तर्फ कम्पनीको बजार हिस्सा अग्रस्थानमै रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL