Logo

निगमको वाइडवडि विमानको व्यवसायीक उडान असारदेखि, यस्ता छन् उडान गन्तव्य

निगमको वाइडवडि विमानको व्यवसायीक उडान असारदेखि, यस्ता छन् उडान गन्तव्य



काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ ।

निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ । वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने निगमले जानकारी दिएको छ ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम व्यवस्थापन सुधारबारे हालै गरेको पत्रकार सम्मेलनका क्रममा निगमको वाइडबडी विमान जेठको तेस्रो साता आउने बताएका हुन् । साथै नियामक निकाय नेपाल नागरिक उडययन प्राधिकरणसँग उडानको अनुमतिलगायतका प्रक्रिया पूरा गरेपछि उडान शुरु गरिने बताएका छन ।

निगमले अन्तर्राष्ट्रिय उडानमा विमान बढाउँदै भविष्यमा अमेरिकाको राजधानी न्युयोर्क गन्तव्य पुर्याउने लक्ष्य लिएको छ ।

निगमका महाप्रबन्धक कंसाकारले आफूहरुको मुख्य उद्देश्य न्युयोर्क पुर्याउने रहेको र त्यस अनुरुप व्यवस्थापनमा लागेको बताएका छन । निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL