काठमाडौं । नागरिक तथा पर्यटन उडड्यन मन्त्री रविन्द्र अधिकारीले आफुले एक सय दिनमा गर्नेे कार्यक्रम सार्वजनिक गरेका छन् ।
सय दिने कार्यक्रमको घोषणा गर्दै अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट मात्रै उडान भर्दा लामो समयसम्म होल्ड गर्नु पर्ने अवस्था रहेको भन्दै अब क्षेत्रीय तहबाट उडाउने तयारी गरेको बताए । काठमाडौंबाट मात्र उडान भर्दा जहाजको चाप धेरै हुने भएकाले क्षेत्रीय तहबाट उडाउन गृहकार्य सुरु भएको बताएको छ ।
पर्यटन मन्त्री अधिकारीले मुलुक आर्थिक विकाश कम्बृद्धि तर्फ लम्केको बताएका छन् । नेपाल पर्यटन बोर्डमा पत्रकार भेटघाटमा मन्त्री अधिकारीले नेपालको पर्यटन क्षेत्रको विकाश नगरी देश विकाश गर्छु भन्नु बालुवाको घर बनाउनु जस्तै भएको बताएका छन । नेपालमा पर्यटन क्षेत्रको विकाश गर्न नेपाल सरकारबाट स्वीकृत प्राप्त नेपालको राष्ट्रिय पर्यटन रणनितिक योजना २०१६–२०२५ को कार्यन्वयन गर्दै स्थानीय स्तरमा पर्यटनको लाभ जनताले प्राप्त गर्ने गरी रोजगारीको अवसर सिर्जना गर्ने लगायतका निवारणमा टेवा पुग्ने प्रतिबद्धता रहेको बताएका छन ।
नेपालमा पर्यटनको सम्भाबना प्रचुर मात्रामा रहे पनि यसलाई विकाश गर्न नसक्दा लाभ लिन नसकेको मन्त्री अधिकारीको भनाई रहेको छ । नेपालले धार्मिक पर्यटनलाई मात्र प्राथमिक्ता दिएकाले अन्य क्षेत्र ओझेलमा परेको बताए ।
नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कूल ग्राहस्थ उत्पादनको २५ प्रतिशत पुर्याउने गरी काम गर्ने, नेपालमा आउने विदेशी पर्यटकको संख्या कम्तीमा १५ लाख पुर्याउने लक्ष्य सहित भ्रमण वर्ष २०२० स्वीकृत भएको जनाएको छ । यसका लागि सरकारले हवाई यातायातलाई थप सुरक्षित, व्यवस्थापन र भरपर्दो बनाउने भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको स्तरोन्नती, गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलको निर्माणकार्यलाई तिब्रता दिने भएको छ ।
मन्त्री अधिकारीको १०० दिन
सय दिने कार्यक्रम भित्र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सुधार, राष्ट्रिय गौरबको आयोजनाहरुको प्रभाबकारी कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माण, नीतिगत तथा कानूनी सुधार लगायतका १ सय १० कार्यक्रम रहेको छ । यी कामहरुलाई सय दिन भित्र पुरा गर्न मन्त्री अधिकारीले प्रतिबद्धता जाहेर गरेका छन् ।
यसैगरी थलमा बढ्दो हवाई चाप र एयर ट्राफिक जान न्यूनिकरणका लागि २१ घन्टा विमानस्थल सञ्चालन उडान तालिकामा वैज्ञानिक मापदन्ड लागू गर्ने घोषणा गरेका छन् । काभ्रेको ठूलीचोउरमा आन्तरिक उडानका लागि विमानस्थल निर्माणको सम्भावत अध्ययन गर्ने, विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनमा एसीको व्यवस्था गर्ने देखि त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्नेजस्ता कार्यहरु मन्त्री अधिकारीको प्राथमिकतामा परेको छ ।