Logo

भ्रामक समाचार लेख्दै हुनुहुन्छ ?, परिएला १० बर्ष जेल !

भ्रामक समाचार लेख्दै हुनुहुन्छ ?, परिएला १० बर्ष जेल !


बिजखबर संवाददाता
0
Shares

क्वालालम्पुर । मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा १० बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव अघि सारेको छ ।

प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताएका छन् । प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडी नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारले गरेको छ ।

भ्रामक समाचारको दुरुपयोग निर्वाचनको बेला अत्याधिक हुने भएकाले निर्वाचन अगाडी नै त्यसलाई लागु गर्न सरकारले तयारी गरेको हो ।

विपक्षी दलका सांसदहरुले भने यस्तो व्यवस्था गर्न लागिएकोमा विरोध जनाएका छन । विपक्षी सांसद कारलस सान्तीयागोले विपक्षीलाई जवरजस्त मौन बनाउनका लागि शक्तिशाली हतियारको रूपमा यो कानुन बनाउन लागिएको आरोप लगाए ।

प्रस्तावित मस्यौदामा भ्रामक समाचारलाई विश्वव्यापी समस्याको रुपमा चित्रित गर्दै दण्ड र सजायको व्यवस्था अत्यावश्यक भएको उल्लेख गरिएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्