Logo

चीनमा किन बिक्न छाड्यो नेपालीको कपाल ?

चीनमा किन बिक्न छाड्यो नेपालीको कपाल ?


बिजखबर संवाददाता
0
Shares

कुनै समय नेपालबाट चीन निर्यात हुने प्रमुख बस्तु मध्य पर्थ्यो मान्छेको कपाल । कस्मेटिङ सामग्री तथा खेलौना निर्माणका लागि चीनले नेपालबाट यस्तो कपाल खरिद गथ्र्यो । तर पछिल्ला दुई वर्ष नेपालीको कपाल चीनले खरिद गर्न छाडेको छ ।

चालु आर्थिक वर्षको सात महिनासम्मको आयात निर्यात तथ्याङ्क अनुसार नेपालबाट चीनतर्फ कपालको निर्यात भएको छैन । आर्थिक वर्ष २०७२/७३ को सात महिनासम्म एक करोड १५ लाख रुपैयाँको कपाल चीन निर्यात भएको थियो । तर त्यसयता नेपालबाट यो निर्यात हुन छाडेको छ ।

चाउचाउका लागि प्रसिद्ध चीनमा नेपाली चाउचाउको माग भने बढ्दो छ । अघिल्लो आवको सात महिनामा एक करोड रुपैयाँको चाउचाउ निर्यात भएकोमा चालु आवको समिक्षा अवधिसम्म दुई करोड ९५ लाख रुपैयाँको चाउचाउ निर्यात भएको तथ्याङ्क छ ।

नेपालबाट चीन निर्यात हुनेमा अगरबत्तीको माग पनि क्रमशः बढिरहेको छ । हस्तकलाका सामग्री भने अघिल्लो आवको तुलनामा केहि घटेको छ । गार्मेण्ट, चिया र गहुँको पिठोको निर्यात बढिरहँदा ज्वेलरी, छालाजन्य बस्तुको निर्यात भने घटेको छ । साउनयता नेपालबाट केवल एक अर्ब ७७ करोड रुपैयाँको मात्र निर्यात भएको छ भने ८८ अर्ब ४५ करोड रुपियाँको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्