Logo

विश्वको सबैभन्दा बढी विक्री हुनेमा कार, रगत तेह्रो स्थानमा

विश्वको सबैभन्दा बढी विक्री हुनेमा कार, रगत तेह्रो स्थानमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्वमा सबैभन्दा बढी किनबेच हुने वस्तु के होला? धेरैको उत्तर खाद्यन्न नै हुनसक्छ । तर एक अध्ययनले अटोमोवाइल विश्वकै बढी किनबेच हुने बस्तुको सूचिको पहिलो नम्बरमा रहेको देखाएको छ ।

बस्तुहरुको विक्री दिनप्रतिदिन बढीरहेको विश्व बजारमा कारको माग अत्याधिक भएको छ । यसले विश्वको आर्थिक व्यवस्था समेत सकारात्मकता तर्फ लम्किएको इंगित गर्छ ।

त्यसमा पनि अचम्मको कुरा त बढी विक्री हुने वस्तुको सूचिम रगत पनि परेको छ ।

त्यसो त वर्ल्ड इकोनोमिक फोरमका अनुसार बढी विक्री हुनेमा काँचो फलाम, औषधी तथा औधषीजन्य पदार्थ र स्मार्टफोनलगायत पर्छन् ।

तलको तालिकामा सामानको कुल डलर मुल्य तथा निर्यात प्रतिशतमा देखाइएको छ । जसमा विश्व वजारको सबै क्याटागोरीलाइ प्रष्ट पारिएको छ ।

तालीका अनुसार सवारी साधन विश्वकै सबैभन्दा बढी किनबेच हुने वस्तुको पहिलो स्थानमा छ । सवारी साधन विलासीको बस्तुबाट आवश्यकिय वस्तु बनिसकेको आभास यो तालीकाले गराउछ । जसको विश्व वजार विक्रीदर १३ खर्ब ५ अर्ब अमेरिकी डलर रहेको छ ।
यसका साथै सवारीसाधनको पार्टपुजाको व्यापार पनि त्यति कम भने छैन । जुन उक्त तालिकाको चौथौ स्थानमा परेको छ । जसको विश्ववजारमा विक्रिदर ६ खर्व ८५ अर्व रहेको छ ।

विश्वमा बढी विक्री हुने वस्तुको दोश्रो स्थानमा भने तेल छ जसमा प्रशोधित पेट्रोलियम पदार्थ ८ खर्ब २५ अर्बको विश्व वजारमा व्यापार गर्दछ भने कच्चा तेलको व्यापार भने ५ खर्ब ४९ अर्ब रहेको छ । जसलाइ यो तालिकाको ८ औं श्रेणिमा देख्न सकिन्छ ।

यसका साथै पेट्रोलियम ग्याँसले पनि विश्व वजारमा २ खर्ब ५४ अर्ब डलरको व्यापार हुने गरेको देखिन्छ । जसलाइ माथिको तालिकाको १२ औं स्थानमा देख्न सकिन्छ ।

समग्रमा मानिस तथा पशुको रगतले विश्व वजारमा हरेक बर्ष २ खर्ब ५२ अर्व बराबरको व्यापार गर्दछ । स्विजरल्याण्डले सबैभन्दा बढी मानव तथा जनावरको रगत निर्यात गर्ने गरेको छ । त्यस्तै दोश्रो नम्बरमा जर्मनी र तेस्रोमा बेल्जियम पर्छ ।

संयुक्त राज्य अमेरीका अटोमोवाइल र कच्चा पेट्रोलियम पदार्थलगायत १८ बस्तुमध्ये १२ ओटा बस्तुको ठुलो आयातकर्ता हो । आश्चार्यको कुरा त यो उक्त क्याटागोरीमध्ये २ ओटा बस्तुको ठुलो निर्यातकर्ता पनि हो ।

प्रतिक्रिया दिनुहोस्
MBL