काठमाडौं । नेपाल टेलिकमले रंगहरुको चाड होलीलाई विभिन्न योजनाका साथमा अफ रंगिन बनाउने भएको छ ।
फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा ‘होली अफर’ ल्याउन लागेको हो । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर बिहीबार फागुन १७ देखि चैत १ गते सम्म लागु हुने टेलिकमले जानकारी दिएको छ ।
योजना अन्तर्गत राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिन सम्म कल गर्न सकिने छ ।
त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टासम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने टेलिकमले जानकारी दिएको छ ।
एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक पनि टेलिकमले उपलब्ध गराएको छ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ ।
त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ । अर्को अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ ।
होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट स्टार १४१५ ह्यास डायल गर्न सकिने छ ।