Logo

दोलखामा दुई नयाँ जलविद्युत आयोजना सञ्चालनमा आउदै, १ अर्ब ९७ करोड लगानी

दोलखामा दुई नयाँ जलविद्युत आयोजना सञ्चालनमा आउदै, १ अर्ब ९७ करोड लगानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दोलखामा दुईओटा जलविद्युत आयोजना सञ्चालनमा आउने भएका छन् । गत पुसमा ४ र ७ मेगावाटको आयोजना सञ्चालका लागि उद्योग विभागमा दर्ता भएको हो ।

जसमध्ये पुस १९ गते मकर जितुमाया जलविद्युत आयोजना प्रालि विभागमा दर्ता भएको हो ।

७ मेगावाटको सो आयोजना हिमाल गुरुङको लगानीमा सञ्चालन गर्न लागिएके हो । आयोजना सञ्चालनमा आएसँगै ५२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने कम्पनीको दाबी छ ।

मकर जितुमाया जलविद्युत प्रालीको कूल पूँजी १ अर्ब २० करोड रुपैयाँ छ । जसमध्ये १ अर्ब १० करोड स्थिर र १० करोड रुपैयाँ चालु पूँजी हो ।

यता दोलखामै सञ्चालन गर्ने उद्देश्यसहित अपर लोहोरे खोला जलविद्युत कम्पनीले पनि पुस ३० गते उद्योग विभागमा दर्ता गरेको हो । सो आयोजना ४ मेगावाटको हुनेछ ।

पुस्कर ढुंगेलको लगानी रहेको सो आयोजना सञ्चालनमा आएसँगै ९१ ज्नाले रोजगारी पाउने दाबी गरेको छ । ७७ करोड ७८ लाख रुपैयाँ कुल पूँजी रहेको आयोजनाको स्थिर ७६ करोड ९४ लाख रुपैयाँ र बाँकी ८३ लाख रुपैयाँ चालु पूँजी हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL