Logo

यस्ता छन् युरोपका उत्कृष्ट १० विश्वविद्यालय

यस्ता छन् युरोपका उत्कृष्ट १० विश्वविद्यालय


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । युरोपका धेरै उत्कृष्ट विश्व विद्यालयहरु बेलायतमा छन् । त्यसैले त बेलायतलाई विश्वविद्यालयको उर्बर भुमिको रुपमा चिनाइन्छन ।

अक्सफोर्ड , क्याम्ब्रिज तथा इम्पेरियल लण्डन कलेज उत्कृष्टमध्यका हुन् ।

अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयसँग विश्वव्यापि प्रतिष्ठा तथा एकेडेमिक उत्कृष्टताका लागि परिचित छ । जहाँ युकेको अन्य विश्वविद्यालयको ताकत कम छ ।

टाइम्स हाइअर एजुकेशन वल्र्ड युनिभरसिटीको अनुसार युरोपका १० उत्कृष्टमध्ये ७ विश्वविद्यालय बेलायतका छन् ।

उत्कृष्ट २० को दोेश्रोमा जर्मनी र नेदरल्याण्डस पर्छन् । जहाँ ४ ४ ओटा उत्कृष्ट विश्वविद्यालय छन् ।

त्यस्तै स्वीजरल्याण्ड र स्वीडेन तेस्रोमा पर्छन् । जम्मा ४०४ विश्वविद्यालयमध्ये बेलायमा ९२ ओटा इन्स्टिच्युट छन् । जबकी जर्मनीमा ४४ ओटा संस्था छन् ।

यसैगरी युरोपमा स्वीडेन र फिनल्याण्डमा पनि राम्रा विश्वविद्यँलय छन् । स्वीडेनमा ११ र फिनल्याण्डमा ९ ओटा यस्ता संस्थाहरु छन् ।

रिपोर्टका अनुसार डेनमार्क र आइरलयाण्डपनि सूचांकको अगाडी नै आउछन् । विश्वका १ हजार १ सय २ अ‍ोटा विश्वबिद्यालयको विद्यालयहरुबारे अध्ययन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL