काठमाडौं । ग्लोबल आइएमई बैंकले बेलायमा आफ्नो सम्पर्क कार्यालय खोलेको छ । बेलायतमा सम्पर्क कार्यालय खोल्ने ग्लोबल आइएमई बैंक नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलो हो ।
उक्त शाखाको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतमा सम्र्पक कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बताए । ‘बैंकले देश भित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्र्पक÷प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरु माझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको छ,’ उनले भने, ‘आगामी दिनमा विदेशमा पनि शाखा कार्यालय विस्तार गर्नेछौं ।’
उक्त सम्र्पक÷प्रतिनिधि कार्यालयको उद्घाटन समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले सम्र्पक/प्रतिनिधि कार्यालय विस्तारमा सहयोग पुर्याउने सम्पूर्ण निकायहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे ।
सम्पर्क कार्यालयले नेपाल तथा बेलायतका व्यवसायीहरुबीच व्यापारिक एवं लगानी सम्वन्धी प्रवद्र्धनात्मक कार्यमा समेत सघाउने बैंकको दाबी छ । यसको अतिरिक्त काम तथा पढाईको सिलसिलामा बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिटान्स लगायत नेपालसँगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुनेछ ।
ग्लोबल आइएमई बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्र्पकरप्रतिनिधी कार्यालय खोलिसकेको छ । मुलुकहरुमा पनि आगामी दिनमा सम्र्पक कार्यालय खोल्नका प्रक्रिया अघि अगाडी बढाउने बैंकका सिईओ पौड्यालले जानकारी दिए ।