काठमाडौं । तपाँइलाई विश्वको सबैभन्दा घुम्न मन पर्ने ठाउँ कुन हो भन्दा धेरैको उत्तार आउनसक्छ, फ्रान्सको पेरिस, साउथ अफ्रिकाको केप टाउन वा अमेरिकाको न्यू योर्क । तर हालै सार्वजनिक एक रिपोर्टले भने थाइल्याण्डको बैंककलाई घुम्नका लागि सबैभन्दा धेरैको रोजाइमा परेको शहरको रुपमा देखाएको छ ।
मास्टरकार्डले सार्वजनिक गरेको २०१७ ग्लोवल डेस्टिनेशन सिटी सूचांकमा थाइलयाण्डको बैंकक सबैभन्दा बढी घुम्न गएको उल्लेख छ । यो अन्तरराष्ट्रिय पर्यटकको संख्याका आधारमा छुट्याइएको हो ।
यहाँ विश्वका उत्कृष्ट ३० शहरका नाम दिइएका छन् । जहाँ गत बर्ष सबैभन्दा बढी अन्तरराष्ट्रिय पर्यटक घुम्नका लागि पुगेका थिए ।
- साउन अफ्रिकाको जोहानेशवर्ग ४८ लाख अन्तरराष्ट्रिय पर्यटक
- ज्र्मनीको बर्लिन ५१ लख
- क्यानडाको ट्रोनोटो ५१ लख
- भारतको मुम्बई ५३ लाख
- जर्मनीको मुनिच ५४ लाख
- स्पेनको मर्डिड ५५ लाख
- आयरल्याण्डको डब्लिन ५५ लाख
- भारतको चेन्नई ५७ लाख
- अमेरिकाको लस एनजल्स ५८ लाख
- अमेरिकाको मिअमी ६० लाख
- चेक रिपब्लिक पराग्वे ६४ लाख
- अष्ट्रियाको भीन्ना ६६ लाख
- चीनको सांघाई ६६ लाख
- इटालीको रोम ७३ लाख
- ताइवानको ताइपेइ ७८ लाख
- जापानको ओसाका ७९ लाख
- इटालीको मिलान ८४ लाख
- नेदरल्याण्डस्को अमस्टर्डम ८७ लाख
- स्पेनको बार्सिलोना ८९ लाख
- टर्कीको स्तानाबुल ९२ लाख
- ह्ङकङ ९२ लाख
- मलेसियाको क्वालालम्पुर १ करोड २१ लाख
- अमेरिकाको न्यूयोर्क १ करोड २४ लाख
- साउथ कोरियाको सेउल १ करोड २४ लाख
- जापानको टोक्यो १ करोड २५ लाख
- सिंगापुर १ कराड ३४ लाख दुवई १ करोड ६० लाख
- दुवई १ करोड ६० लाख
- फ्रान्सको पेरिस १ करोड ६१ लाख
- युकेको लण्डन २ करोड
- थाइल्याण्डको बैंकक २ करोड २ लाख