Logo

के महङ्गी बढ्दा चोरी पनि बढ्छ ?, यसरी बदलिदैंछ चोरीको अर्थशास्त्र

के महङ्गी बढ्दा चोरी पनि बढ्छ ?, यसरी बदलिदैंछ चोरीको अर्थशास्त्र


बिजखबर संवाददाता
27
Shares

एक मध्यरातमा टाउको छेकिने गरि ‘हुड’ लगाएका दुई व्यक्ति सडक किनारमा बेपरवाह वारपार गरिरहे जस्तो गर्छन् ।

एकजना नजिकै पार्किङ गरिराखेको मर्सिडिज बेन्ज वरपर घुमिरहन्छ भने अर्को त्यहिं कारको अघिको ढोकातिर उभिन्छ,  आफ्नो हातमा रहेको आइप्याडजस्तो देखिने बस्तु हल्लाउँदै । घरभित्रबाट प्राप्त हुने कारको सिग्नल पत्ता लगाउने दाउमा उ लागिरहेको छ । यसरी पत्ता लागेको सिग्नल अर्को व्यक्तिले ड्राइभरको ढोका र इन्जिन स्टार्टका लागि प्रयोग गर्छ ।

वेष्ट मिडल्याण्ड्स प्रहरीले गत नोभेम्बरमा सार्वजनिक गरेको सीसीटीभी फु्टेजले देखाएको दृश्य हो जसलाई ‘रिले अपराध’को नाम दिइएको छ ।

सन् १९९०को दशकदेखि खासगरी धनी मुलुकमा अपराध घट्दै आएको छ । यसका पछाडी सुधारीएको नीति र बुढ्यौली लागेको समाजको तर्क पाि अघि सारिएको थियो । तर पछिल्लो एक दशक  हेर्ने हो भने बेलायतमै पनि चोरी सामान्य बन्दै गएको छ, बढ्दै गएको छ ।

‘यस पछाडीको सम्भावना के हुन सक्छ भने एउटा औषत चोर अझ बढी दक्ष बनेको छ’ बर्मिङ्घम विश्वविद्यालयका अर्थशास्त्री सिद्धार्थ बन्द्योपाध्यायको भनाइ छ । जब जब अपराध मुस्किल बन्दै जान्छ, बजारबाट चोरी पनि विस्तारै हराउँदै जान्छ । जसले नयाँ किसिमका कार चोरीको क्षमता राख्दैन त्यस्ता व्यक्ति क्रेडिट कार्ड फ्रडजस्ता अन्य काममा लाग्छन् ।

युनिभर्सिटी अफ वारविकका मिर्को ड्राकाले ग्लासगो विश्वविद्यालय र लण्डन स्कुल अफ इकोनोमिक्सका आफ्ना सहकर्मीसँग मिलेर गरेको अध्ययनले बस्तुको मूल्य बढ्दै जाँदा चोरी पनि बढ्दै गएको देखाएको छ । लण्डनमा सन् २००२ देखि २०१२ सम्मको बजार अध्ययन अनुसार उनीहरुको समुहले बस्तुको मुल्यमा १० प्रतिशत वृद्धि हुँदा ३.५ प्रतिशतले चोरी बढ्ने सम्भावना देखिएको छ ।

मुल्यमा हुने यस्तो उतारचढावले चोरीको प्रवृत्तिलाई पनि प्रभावित गरिरहेको हुन्छ । सन् २००८ मा ज्वेलरी र घडीको चोरीको हिस्सा कुल चोरीको एक तिहाइमात्र पुगेको थियो ।  तर यसको आकार अहिले बढेको छ । सुनको मूल्य बढ्दा पनि चोरी बढेको हुन सक्छ । सन् २००८ मा भन्दा अहिलेपनि सुन ४० प्रतिशतभन्दा बढी मुल्यवान छ ।

तर सीडी र डीभीडी भने अहिले जम्मा बढीमा तीन प्रतिशतमात्र चोरी हुने गर्छ ।

यस्तै कथा छ स्मार्टफोनको । सन् २०११ मा चोरीका घटनामध्य ५१ प्रतिशत स्मार्टफोनसँग सम्बन्धित थिए जुन् सन् २००९ को २८ प्रतिशतबाट बढ्दै आएको थियो । तर जब स्मार्टफोन निर्माताले यसको सुरक्षा मापक जस्तै किल स्वीचेज लागु गरे, यसको पुन बिक्रि मूल्य ह्वात्तै घट्यो र चोरको धन्दा पनि अन्तै सर्यो ।

प्रविधि जतिसुकै आधुनिक बनेपनि चोरीलाई छेक्न नसक्ने भएको छ ।

कोही कोही गुगल स्ट्रिट प्रयोग गरेर कसैका सम्पत्ति हेर्छन अनि सामाजिक सञ्जालबाट उनीहरुको बसाइलाई ट्रयाक गर्छन् । रिले अपराध वास्तवमै कार चोरका लागि वरदान साबित भएको छ ।

अचम्म के छ भने यस्तो चोरी बढ्दै गएपछि मानिसहरु झन् सामान्य प्रविधितर्फै फर्किन थालेका छन् । पुरानो प्रविधिको सवारीको पाङ्ग्रा बाँधेर सुरक्षित गर्ने उपकरण उत्पादन गर्दै आएको डिस्कलकका अनुसार  सुरक्षा अर्थात डिस्कलक यसको व्यापार गत बर्षको तुलनामा दोब्बर बढेको छ ।

(दी इकोनोमिष्टबाट साभार गरिएको लेखको नेपाली अनुवाद)

प्रतिक्रिया दिनुहोस्
MBL