Logo

‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु, रोजाईमा जुम्ला

‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु, रोजाईमा जुम्ला


बिजखबर संवाददाता
27
Shares

जुम्ला । ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु गरिने भएको छ । नेपालको भौगोलिक बनावट अनुरुप खेलकुदको विकास गर्न सोही अनुरुपको ट्रेनिङ सेन्टर स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले बताए ।

दाहालको नेतृत्वमा एक अध्ययन टोली जुम्लाको छुमचौर लठचौर पुगेको छ । विशेषगरी कर्णाली तथा ६ नं प्रदेशको खेलकुद गतिविधि, ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको हो । सो टोलीले ‘ट्रेनिङ सेन्टर’ सम्भाव्यता अध्ययनको कार्य शुरु गर्ने भएको हो ।

आइतबार अनुगमनको लागि जुम्ला पुगेको टोलीले छुमचौरको लौठचौरमा निर्माण हुने ‘ट्रेनिङ सेन्टर’लाई ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ जुम्ला खलंगामा निर्माण प्रस्ताव गरिएको राँझासिमलाई ‘कर्णाली रंगशाला’ नामाकरण गर्न सुझाव दिएको छ । दुवै संरचना निर्माणको कार्य शुरु गर्न भन्दै सोही अनुरुप आफुले बजेट विनियोजन गर्ने सचिव दाहालले प्रतिवद्धता व्यक्त गरे ।

मन्त्रालयको टोलीले रंगाशालाका लागि प्रस्तावित चन्दननाथ नगरपालिकाको राँझासिम, कभर्ड हल र जुम्लाको खेल गतिविधिको समेत अनुगमन गरेको छ ।

‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ र ‘कर्णाली रंगशाला’ निर्माणले एकातिर ६ नं प्रदेशको खेल जगतको पूर्वाधार तयार हुनेछ भने अर्कोतिर कर्णाली क्षेत्रलाई खेलकुद पर्यटनका रुपमा विकास गर्दै लैजान ठूलो अवसर प्राप्त हुने सम्बद्ध सरोकारावालाहरुको भनाइ छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL