काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडामा पनि बृद्धि हुने भएको छ ।
मंगबारदेखि हवाई भाडा बढ्ने भएको हो । वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले न्यूनतम न्यूनतम ४५ रुपैयाँदेखि २ सय २० रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेको हो।
आन्तरिक उडनमा सबैभन्दा धेरै धनगढीको भाडा बढेको छ ।
आन्तरिक उडानमा कुन गन्तव्यको भाडा कति बढ्यो हेर्नुहोस सूचीसहित
गन्तव्य भाडा बृद्धद्धर पछिल्लो भाडा
पोखरा रु. ८० रु.४ हजार ७ सय ३०
भैरहवा रु.१०५ रु.६ हजार ५५
भरतपुर रु.५५ रु.३ हजार ५ सय ५
विराटनगर रु.१२० रु.७ हजार २ सय २०
जनकपुर रु.६० रु.४ हजार १०
सिमरा रु. ४५ रु.३ हजार ५०
तुम्लिङटार रु.९५ रु.५ हजार ७ सय २०
नेपालगञ्ज रु.१६५ रु. ९ हजार ५ सय ६५
भद्र्रपुर रु.१५० रु.८ हजार ७ सय ५०
धनगढी रु.२२० रु.१२ हजार ३ सय २०
माउन्टेन फ्लाइट रु.१७० रु.११ हजार २०