काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडामा पनि बृद्धि हुने भएके छ । मंगबारदेखि हवाई भाडा बढ्ने भएको हो ।
नेपाल आयल निगमले शुक्रबार आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँ प्रति लिटर मुल्य बढाएको थियो ।
हवाई व्यवसायीहरुले इन्धनको मूल्य बढेको भनदै भाडा बढाएका हुन् । वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले न्यूनतम न्यूनतम ४५ रुपैयाँदेखि २ सय २० रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेको हो।
आन्तरिक उडनमा सबैभन्दा धेरै धनगढीको भाडा बढेको छ ।