Logo

अरुको एटिएमबाट पैसा निकाल्ने बुल्गेरियन नागरिक पक्राउ, १८ थान कार्ड र औजार बरामद

अरुको एटिएमबाट पैसा निकाल्ने बुल्गेरियन नागरिक पक्राउ, १८ थान कार्ड र औजार बरामद


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अरुको एटिएम कार्डबाट अनाधिकृत रुपमा पैसा झिक्ने बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेललगायत विभिन्न स्थानमा रहेका एटिएमबाट रकम निकालेको सूचना अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुल्गेरियन नागरिक विटिली वासिलीवीक नेकीटलाई पक्राउ गरेको हो ।

उनलाई ठमेलको नरसिंहचोकस्थित होटल डिस्कभरीको कोठा नम्बर ३०४ बाट पक्राउ गरेको सिआईबीले जानकारी दिएको छ ।

प्रहरीले उनलाई ग्लोवल आइएमई बैंक, सानिमा बैंक तथा नविल बैंकको एटिएम मेसिनबाट रकम निकालेको स्लीप, विद्युतीय उपकरण खोल्न प्रयोग गरिने औजारसहित पक्राउ गरेको हो ।

विटिलीले न्यूरोड, ठमेल, दरवारमार्ग, सोह्रखुट्टेलगायतका स्थानबाट रकम तथा डाटा चोरी गरेको अनुसन्धानबाट खुलेको छ।

प्क्राउ अभियुक्तलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको प्रउ जीवनकुमार श्रेष्ठले बताए ।

अहिलेसम्म ब्यूरोले एटिएम ठगीको अभियोगमा पक्राउ पर्नेमा ४ जना रोमानियाली, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय छन्। उनीहरुबाट हालसम्म नेपाली ८८ लाख ६८ हजार ८५० रुपैयाँ , अमेरिकी डलर ७३ हजार ५ सय ८०, युरो ६४ हजार १ सय ७५ र विभिन्न बैकका एटिएम कार्ड १ हजार ३२६ थान बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL