काठमाडौं । एनआईसी एशिया बैंकले शाखा कार्यालय विस्तारलाई द्रुत गतिमा अघि बढाएको छ । देशभर शाखा विस्तारगर्ने क्रममा बैंकले बुधबार मात्रै ५ वटा नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले कैलाली र सिरहामा २÷२ वटा नयाँ शाखा संचालमा ल्याएको छ । जसमा कैलालीको पहलमानपुर शाखा, केराबारी शाखा तथा सिरहाको र भगवानपुर र नरहा शाखा संचालनमा ल्याएको हो ।
यसैगरी बैंकले बुधकार नै दोलखाको चरिकोटमा पनि नयाँ शाखा संचालनमा ल्याएको छ ।
हालसम्म बैकको १ सय ३५ शाखा कार्यालय र १ र ४१ एटीएम काउन्टर संचालनमा रहेका छन् ।