काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँड गरेको छ । सपोर्टले सर्वसाधारणका लागि निष्काशन गरेको कुल १ लाख ८० हजार कित्ता हजार सेयर बाँडफाँड गरेको हो ।
सपोर्टको साधारण सेयरमा कुल २ लाख ३७ हजार ६ सय १६ जनाले आवेदन दिएका दिए । सानो संख्यामा साधारण सेयर निष्काशन गरेको सपोर्टले गोलाप्रथामार्फत १६ हजार ७ सय ४० जनालाई मात्र सेयर दिएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको एनएमबी क्यापिटलले आज एक कार्यक्रमबीच उक्त सेयरको गोलाप्रथाबाट सेयर बाँडफाँड गरेको थियो ।
क्यापिटलका अनुसार आईपिओमा कुल २ लाख ३७ हजार ६ सय १७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ लाख २० हजार ५ सय ७७ आवेदक खालीहात फर्किन बाध्य भएका छन् । सो आईपीओमा न्युनतम ५० कित्ता देखि अधिकतम ९ सय कित्तासम्मका लागि आवेदन दिएका थिए ।
कम्नीले कुल १ लाख ८० हजार कित्ता मध्ये ३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीका लागि ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । आईपीआ जारी पश्चात बैंकको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुगको छ ।