Logo

विदेशी बजारमा लोकप्रियता कमाउदै नेपाली हस्तकला, १०अर्बको निर्यात

विदेशी बजारमा लोकप्रियता कमाउदै नेपाली हस्तकला, १०अर्बको निर्यात


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाली हस्तकलाको लोकप्रियता नेपालसँगै विदेशी बजारमा पनि दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । नेपालबाट बार्षिक रुपमा बाहिरिने हस्तकलाजन्य सामग्रीको मात्राले यस्तो देखाएको हो ।

नेपाली हस्तकलाको निर्यात बार्षिक करिव १५ प्रतिशतले बढेको नेपाल हस्तकला महांघले जानकारी दिएको छ । हस्तकला महासंघका अनुसार गत आर्थिक बर्ष मात्रै नेपालबाट करिव १० अर्व रुपैयाँ बराबरको हस्तकलाजन्य सामग्री निर्यात भएको महासंघले जानकारी दिएको छ ।

नेपालबाट करिव ८०ओटा मलुकमा हस्तकलाजन्य सामग्री निर्यात हुुँदै आएको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।
त्यसमा पनि अमेरिका, चीन, जर्मनी, जापान,युके, डेनमार्क,फ्रान्स, क्यानडा र भारतमा बढी निर्यात हुने गरेको उनले जानकारी दिए ।

तीमध्ये अमेरिकामा सबैभन्दा बढी १ अर्ब ८१ करोड रुपैयाँ बराबरको हस्तकला सामग्री निर्यात भएको महासंघको तथ्यांकमा उल्लेख छ । त्यस्तै चीनमा ७३ करोड ४३ लाख रुपैयाँ बराबरको हस्तकला निर्यात भएको छ । त्यसैगरी जर्मनीमा ४८ करोड ५० लाख, जापानमा ३७ करोड, युकेमा २४ करोड र डेनमार्कमा २३ करोड ५७ लाख रुपैयाँ बराबरको हस्तकलाजन्य सामग्री गत बर्ष निर्यात भएको थियो ।

नेपालबाट ५० भन्दा बढी प्रकारका हस्तकलाजन्य सामग्री बाहिरिने गरेको छ । त्यसमा पनि विदेशमा फेल्ट र मेटल क्राफ्टको माग बढी रहेको छ । महासंघका अनुसार गत बर्ष नेपालबाट १ अर्ब ४८ करोड रुपैयाँ बराबरको फेल्टबाट बनेका बस्तुहरु निर्यात् भएको थियो । त्यस्तै १ अर्ब ३४ करोड रुपैयाँ बराबरको मेटल क्राफ्ट बाहिरिएको हो ।

यसको अतिरिक्त आन्तरिक उपभोग पनि करिब १० अर्ब बराबरको रहेको महासंघले जानकारी दिएको । यस क्षेत्रमा झण्डै ११ लाख भन्दा वढि ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।

हस्तकला क्षेत्रले रोजगारी सिर्जनाको साथै दर घटाई गरिवी न्यूनिकरणमा पनि महत्वपूर्ण योगदान पुयाई रहेको महासंघका अध्यक्ष शाक्ले बताए ।

‘आयात र निर्यात वीचको दूरी दिन प्रति दिन फराकिलो हुर्दै ब्यापार घाटा दिन प्रति दिन चुलिदै गएको अवस्थामा छ ’ उनले भने ‘यस्ते बेलामा हस्तकला जस्ता निर्यात मूलक उद्योग ब्यबसायको विकास र विस्तार हुन सकेको खण्डमा ब्यापार घाटा न्यूनिकरणमा पनि ठूलो सहयोग पुग्छ ।’

हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरि अन्तराष्ट्रिय जगतमा मुलुकको पहिचान र राष्ट्रिय गौरवलाई पनि उच्च तुल्याएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL