Logo

वामगठबन्धनको घोषणपत्र सार्वजनिक, पाँच बर्षभित्र आफ्नै पानी जहाज

वामगठबन्धनको घोषणपत्र सार्वजनिक, पाँच बर्षभित्र आफ्नै पानी जहाज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामपन्थी गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ । वामगठबन्धनले

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारेको घोषणापत्रको ‘अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग’ शीर्षकको बुँदामा  नेपाली झण्डा अंकित पानी जहाज चलाउने विषयलाई समावेश गरिएको छ ।

घोषणापत्रमा भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने उल्लेख गरेको छ ।

प्रशान्त र हिन्द महासागरमा नेपाली झण्डा अंकित पानी जहाज चलाउने लक्ष्य रहेको वामगठबन्धनको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै आगामी ३ बर्षभित्र दुई अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने बताएको छ । ‘दुई वर्षभित्रमा भैरहवा र तीन बर्षभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने छौं ’ घोषणापत्रमा भनिएको छ ।

गठबन्धनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नती गर्ने तथा आगामी ५ वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयलाई समावेश गरिएको छ ।

यस्तै अन्य  विराटनगर, नेपालगञ्ज, सुर्खेतका  विमानस्थलहरुलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार र स्तरोन्नति गर्ने उल्लेख छ ।
साथै सबै आन्तरिक विमानस्थललाई अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा आधुनिकीकरण गर्ने घोषणापत्रमा भनिएको छ ।  त्यसैगरी कोशी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र वाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL