Logo

विश्वका ‘मस्ट वेलकमिङ’ सहरमा काठमाडौ अगाडि !

विश्वका ‘मस्ट वेलकमिङ’ सहरमा काठमाडौ अगाडि !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्वको उत्कृट पर्यटकिय गन्तव्यमध्ये सिंगापुर ‘मोष्ट वेलकमिङ’ शहरको सूचिमा पहिलो नम्बरमा परेको छ । ट्राभल बर्डले हालै सार्वजनिक गरेको एक अध्ययनले सिंगापुर सबैभन्दा बढी पर्यटकको स्वागत गर्ने शहरको पहिलो सूचिमा परेको हो ।

५०० ओटा पर्यटकीय गन्तव्यमध्येबाट ‘वेलकमिङ’ शहर छानिएको हो । पर्यटकले कुनै शहरमा पुग्दा पाउने स्वागत, अंग्रेजी भाषाको प्रयोग, पर्यटक आउदा नागरिकको खुशीलगायतका आधारमा उत्कृष्ट ‘बेलकमिङ’ शहर छानिएको हो ।

यसका लागि त्यस्तै १५ हजार भन्दा बढी ट्राभल पत्रकारहरुको अनुभव पनि समेटिएको ट्राभल बर्डले जानकारी दिएको छ । जसबाट ५०० मध्ये उत्कृष्ट १०० शहर छानिएको थियो । छानिएका शहरहरु पर्यटनका लागि अन्तरराष्ट्रिय स्तरमा चर्चामा रहेका शहरहरु हुन् ।

ट्राभल बर्डका अनुसार कुनै पनि शहरमा क्षमता भन्दा बढी पर्यटक भित्रेमा भिड हुने तथा लामो लाइन लाग्ने हुन्छ । जसले स्थानीय नागरिकलाई नकारात्मक असर पार्छ । र पर्यटकलाई उनिहरुले गर्ने स्वागतमा पनि विशेष असर पर्छ । अध्ययनले यस्ता विषयहरुलाई पनि समेटेको छ ।
अध्ययनले विशेषगरी शहरको पर्यटक भित्र्याउनसक्ने क्षमतालाई मध्यनजर गरेको हो ।

त्यस्तै पिक सिजनमा नागरिकको संख्या र पर्यटकको संख्या, प्रति स्क्वायर किलोमिटर होटल तथा बेडको अवस्था पनि अध्ययनको मूख्य पाटो हो । त्यस्तै स्थानियको दैनिक जीवनमा पर्यटकको आगमनले नकारात्मक वा सकारात्मक कस्तो अवस्था सृजना गरेको छ सोधपुछ गरेर यो रिपोर्ट सार्वजनिक गरिएको ट्राभल बर्डले जानकारी दिएको छ ।

अध्ययन अनुसार सिंगापुर सबैभन्दा अगाढी देखिएको छ । ८ दशमलब २२ नम्बर पाएको छ । त्यस्तै स्वीडेनको स्टकहोल्म शहर दोश्रोमा, फिनल्याण्डको हिलसिन्की तेस्रो, युएसएको सनफ्रानसिस्को चौथो ‘बेलकमिङ शहरमा परेको छ ।

त्यसैगरी नेदरल्याण्ड्सको रोट्रेडम,पोर्चुगलको लिस्वन, जापानको टोक्यो, नर्वेको ओस्लो,स्वीजरल्याण्डको जुरिच र युएसएको ओरल्याण्ड क्रमशः पाँचौ, छैटौं, सातौ, आठौं,नौं र दशौ शहरको सूचिमा परेको छ । ‘मोस्ट वेलकमिङ’ शहरको सूचिमा नेपालको काठमाडौं २३ औं नम्बरमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्