रेल भन्नासाथ यसको डिब्बा र यसलाई कुद्नका लागि आवश्यक ‘ट्रयाक’ महत्वपूर्ण मानिन्छ । तर छिमेकी मुलुक चीनले भने विश्वमै पहिलोपटक ट्रयाक विनै कुद्न सक्ने रेलको परिक्षण सञ्चालन गरेको छ ।
रेलका लागि तोकिएका भर्चुअल लाइनका आधारमा कुद्न सक्ने यस्तो रेल चीनले हुनान प्रान्तको झोझाउ सहरमा परिक्षण सञ्चालन गरेको हो ।
७० किलोमिटर प्रति घण्टा कुद्न सक्ने यो रेलको यात्रु क्षमता ३ सय रहेको छ ।
अटोनोमस रेल र्यापिड ट्रान्जिट(एआरटी) नाम दिइएको यो रेलको निर्माण चीनको सीआरआरसी कर्पोरेसन लिमिटेडले गरेको हो । सीआरआरसी रेल निर्माणमा विश्वकै ठूलो मध्यको एक मानिन्छ ।
चालिखभन्दा बढी जनसङ्ख्या रहेको झुझोउ प्रान्तको सार्वजनिक यातायात व्यवस्थापनको लागि सीआरआरसीले यस्तो नयाँ किसिमको रेलको अवधारणा अघि सारेको हो ।
सन् २०१३ देखि यस्तो रेलको डिजाइन सुरु गरिएको थियो । यसमा रबर प्रयोग गरिएका पाङ्ग्रा र प्लाष्टिक कोर राखिएको छ ।
२५ बर्ष आयुको अनुमान गरिएको ट्रयाकलेस रेल १० मिनेटको चार्जले २५ मिलोमिटरसम्म कुद्न सक्छ ।
आधुनिक बस र परम्परागत रेलको हाब्रीडका रुपमा यो रेललाई लिइएको छ । आँखाले नदेखिने यो रेलको ट्रयाकको चौडाइ ३.७५ मिटर रहेको छ ।
भर्चुअल रेलवेका प्रमुख इन्जिनियर फेङ जियाङघुआका अनुसार सबवे प्रणालीका रेलभन्दा यसको निर्माण खर्च निकै कम लाग्छ । उनका अनुसार एक किलोमिटरको ट्रयाक निर्माणका लागि एक करोड ७० लाख पाउण्डदेखि दुई करोड ३० लाख पाउण्डसम्म खर्च लाग्ने गरेकोमा भर्चुअल लाइन निर्माणमा भने सोही दुरीका लागि बढीमा एक करोड १४ लाख पाउण्ड खर्च हुन सक्छ ।
रेलमा प्रयोग गरिएका सेन्सरमा सुचना संकलन गर्ने क्षमतासमेत रहेको छ ।
अहिलेसम्म झोझाउमा तीन ओटा यस्ता रेलको परिक्षण गरिएको छ । आगामी गर्मियामबाट यसको औपचारीक सुरुवात गर्ने तयारी गरिएको छ । – डेलीमेलबाट साभार