काठमाडौं । असोज महिनामा मात्र उद्योगमा ३४ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।
करिव १५ दिन सार्वजनिक विदा परेपनि असोजमा उद्योगीहरुले लगानी गर्ने उद्देश्यसहित सो बराबरको लगानीको प्रस्ताव ल्याएका हुन् । उद्योग विभागका अनुसार असोजमा ४१ ओटा उद्योग दर्ता भएका छन् ।
विभागमा दर्ता भएकामध्ये सबैभन्दा बढी विदेशी लगानीका उद्योग रहेको तथ्यांकले देखाएको छ । विभागमा १४ ओटा स्थानीय लगानीको, ४ ओटा स्थानीय र विदेशीलगानीको उद्योग दर्ता भएका छन् ।
बाँकी सबै विदेशी लगानीका उद्योग दर्ता भएको विभागले जानकारी दिएको छ ।
ती उद्योगबाट २ हजार ६ सय ७० जनाले रोजगारी पाउने विभागको तथ्यांकले देखाएको छ ।
दर्ता भएका उद्योगमा सबैभन्दा बढी उत्पादनमुलक उद्योग छन् । १ महिनामा १२ ओटा उत्पादनमुलक, ११ ओटा सेवामुलक,१० ओटा पर्यटनमुलक र ४ ओटा उर्जामुलक उद्योग दर्ता भएका छन् ।
अन्यमा कृषि, प्रविधिमुलकलगायत उद्योग छन् । विभागमा साउनदेखि १३९ ओटा उद्योग दर्ता भएका हुन् ।