काठमाडौं । ठमेल आइतबार १ बजेदेखि ‘भेहिकल फ्रि जोन’ अर्थात सवारी साधनमुक्त क्षेत्र भएको छ ।
ठमेललाई पैदलयात्रा गर्ने क्षेत्र (वाकिङ स्ट्रिट ) बनाउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखासहित स्थानीयको प्रयासमा ‘भेहिकल फ्रि जोन’ कार्यान्वयन गरिएको हो ।
यससँगै नरसिंहचोकबाट पश्चिम, जेपी मोडबाट उत्तर, सातघुम्तीबाट दक्षिण र ठमेलको चोकबाट पश्चिम(दक्षिणका क्षेत्र मा सवारी गुडाउन पाइने छैन । ठमेल क्षेत्रका सडकलाई पनि ‘वान(वे’ गर्न लागिएको छ ।
यो क्षेत्रमा पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीलाई रोक लगाइएको हो ।
सवारीमुक्त भनेर तोकिएको क्षेत्रमा अत्यावश्यक सवारी साधनमात्रै प्रवेश पाउनेछन् ।
अब ठमेलभित्र जाने सवारीले त्रिदेवी मार्गबाट प्रवेश पाउनेछन् । त्यासे त ट्राफिकले ठमेल क्षेत्रमा जथाभावी हुने पार्किङलाई पनि रोक्ने बताएको छ । वान(वेहरुमा पनि विशेष कडाइ गरिनेछ ।
त्यहाँका पसल तथा होटलमा सामान ओसारपसार गर्ने सवारीलाई रातको १०बजेदेखि विहान ७ बजेसम्म चल्न दिइने जानकारी दिएको छ ।
भेहिकल फ्री जोनभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष व्यवस्था गर्ने योजना छ ।
ठमेलबाट बाहिरिने मोटरसाइकलले सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवतीबहाल,अमृत साइन्स क्याम्पसमार्ग र थहिँटीबाट दाहिने भएर जान पाउने छन् ।
ठमेल आउने नयाँबजारतर्फको रोडसहित सोह्रखुट्टे(शोभाभगवती सडक र बालाजु रिङरोडमा पार्किङको व्यवस्था मिलाउने तयारी छ ।