Logo

५८ हजार भुकम्प पिडीतले बनाए घर, १ लाख ४२ हजार निर्माणाधीन

५८ हजार भुकम्प पिडीतले बनाए घर, १ लाख ४२ हजार निर्माणाधीन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या दुई लाख नाघेको छ ।

निजी आवास पुनर्निर्माणको तथ्याङक अद्यावधिक गर्ने निकाय शहरी बिकास मन्त्रालय अन्र्तगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईको सोमवार दिउँसो २ बजेसम्मको तथ्याङ अनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या दुई लाख एक हजार ५ सय १९ पुगेको छ ।

जस अन्र्तगत निर्माण सम्पन्न घरको संख्या ५८ हजार ६ सय ५६ र निर्माणाधीन घरको संख्या १ लाख ४२ हजार ८ सय ६३ पुगेको छ ।
यद्यपी दशै तिहारका कारण निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या प्राधिकरणको सुचना प्रणालीमा समाविष्ट हुन बाँकी रहेका कारण यो तथ्याङ्क अझै बढ्ने प्राधिकरणका इन्जिनियर प्रवीन आचार्यले जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि समय सिमा निर्धारण गरेपछि घर बन्ने प्रक्रिया तिव्र भएको उनले बताए ।
आचार्यले भने ‘जिल्लास्थित कार्यालय, जिल्ला कार्यान्वयन इकाइ र स्थलगत अध्ययनबाट आगामी पुस मसान्तसम्ममा निर्माण सम्पन्न र निर्माणधीन घरको संख्या ३ लाख ५० हजार पुग्ने देखिएको छ ।’

प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको पछिल्लो वैठकको निर्णय अनुसार प्राधिकरणले पहिलो किस्ता लिइसकेका लाभग्राहीले आगामी पौष समान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने समय तालिका निर्धारण गरेको छ ।

अहिलेसम्म प्राधिकरणको सुचना प्रणालीमा दर्ता भएको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा सवैभन्दा धेरै १८ हजार ८ सय ७२ घर निर्माणाधीन अवस्थामा छन् भने ६ हजार १ सय ७५ घर निर्माण सम्पन्न भइसकेका छन् ।

 

जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न कतिपय घरको प्राविधिक निरीक्षण गरेर तथ्यांक संकलन गर्ने कार्य भइरहेको र तिहारपछि उक्त तथ्यांक सुचना प्रणालीमा दर्ता भएपछि यो संख्यामा उल्लेखनीय बृद्धि हुने प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL