Logo

६ महिनामा साढे ७१ अर्ब लगानीको प्रस्ताव, उर्जामा मात्र ३९ अर्ब

६ महिनामा साढे ७१ अर्ब लगानीको प्रस्ताव, उर्जामा मात्र ३९ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ६ महिनामा नेपालमा साढे ७१ अर्व रुपैयाँ बराबरको लगानीको प्रस्ताव आएको छ । सो अवधिमा १२३ ओटा उद्योगबाट ७१अर्व ५९ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको हो ।

उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार ती उद्योेगबाट ६ हजार ३ सय ९३ जनाले रोजगारी पाउने छन् ।

यस बर्षको ६ महिनामा उर्जा क्षेत्रमा मात्र साढे ३९ अर्ब १२ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको विभागले जानकारी दिएको छ । ११ ओटा जलविद्युत आयोजनाबाट सो वराबरको लगानीको प्रस्ताव आएको हो । त्यस्तै ३३ ओटा सेवामुलक उद्योग दर्ता भएको विभागको तथ्यांकले देखाएको छ ।

चालु बर्षको ६ महिनामा उद्योग विभागमा दर्ता भएकामध्ये ३८ ओटा उद्योगमात्र विदेशी लगानीका छन् । बाँकी ३५ ओटा स्वदेशी र अन्य नेपाली र विदेशी संयुक्त लगानीका उद्योग छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL