Logo

अरुण इन्टरकन्टिनेन्टललाई ‘उत्कृष्ट वितरक अवार्ड’, विभिन्न आठ विधमा सर्वोत्कृष्ट

अरुण इन्टरकन्टिनेन्टललाई ‘उत्कृष्ट वितरक अवार्ड’, विभिन्न आठ विधमा सर्वोत्कृष्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्यूटर) उपाधीबाट सम्मानित भएको छ । अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सलाई दिल्लीमा आयोजित एनुअल सुजुकी रिजनल डिस्ट्रिब्यूट कन्फरेन्स– अफ्रिका, मिडल ईष्ट एण्ड साउथ एसियामा उक्त उपाधीद्वारा सम्मानित गरिएको हो ।

सेप्टेम्बर २५ देखि २७सम्म आयोजित सम्मेलन मार्फत गत आर्थिक बर्षमा कम्पनीद्वारा गरिएको उत्कृष्ट कार्य प्रदर्शनीका लागि सो सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

विक्रि, सेवा तथा पार्ट्स पर्फरमेन्सका लागि सम्मेलनकै सर्वाधिक उपाधी हातपार्न सफल कम्पनीका रुपमा अरुण ईन्टरकन्टिनेन्टलले ८ भिन्न विधामा उपाधी हात पारेको थियो । कम्पनीले ‘एक्सिलेन्ट डिस्ट्रिब्यूटर अवार्ड’, ‘हाइयस्ट सेल्स ईन २०१६’,‘हाइयस्ट रिपेयर अर्डर ग्रोथ २०१६’, ‘हाइयस्ट पार्ट सेल्स पर यूआईओ ईन २०१६’, ‘हाइयस्ट सेल्स ग्रोथ ईन २०१६’, ‘हाइयस्ट एक्सेसरिज सेल्स पर भेहिकल ईन २०१६’, ‘हाइयस्ट सर्भिस मार्केट सेयर ईन २०१६’ र ‘च्याम्पियन्स अफ च्याम्पियन्स एवार्ड’ हात पारेको हो ।

वैश्विक मञ्च मैयी उपाधी पाउँदा निकै गौरवको महशुस भएको सिजी मोटरकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए । साथै समग्र समुह तथा वितरकले गरेको निरन्तर मिहेनतको पहिचान तथा सम्मानका रुपमा यसलाई लिएको जानकारी दिए ।

अल्टो, अल्टो के१०, वेगनआर, सिलेरो, स्विफ्ट, ईग्निस, बलेनो, डिजायर, ब्रेजा, एसक्रस, सियाज, ओम्नी भ्यान, ओम्नी कार्गो, र्ईको र सुपर क्यारी लगायत मोडलका साथ नेपाली बजारमै सर्वाधिक फराकिलो पोर्टफोलियो भएको कम्पनीका रुपमा नेपालकै अग्रणी कार विक्रेता भएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL