Logo

चीनले जारी गर्यो ट्राभल एडभाइजरी, नेपाल घुम्ने आफ्ना नागरिकलाई भारत प्रवेश नगर्न निर्देशन

चीनले जारी गर्यो ट्राभल एडभाइजरी, नेपाल घुम्ने आफ्ना नागरिकलाई भारत प्रवेश नगर्न निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चीन सरकारले आफ्ना नागरिकलाई भारत क्षत्रेमा प्रवेश नगर्न ‘ट्राभल एडभाइजरी ’ जारी गरेको छ । नेपाल घुम्न जाने आफ्ना नागरिकलाई भारतीय क्षेत्रमा प्रवेश नगर्न सचेत गराएको हो ।

दोक्लाम विवादपछि ‘ट्राभल एड्भाजरी’ जारी गर्दै चीनले आफ्ना नागरिकलाई नेपाल र भारतको सीमा क्षेत्रको यात्रामा सचेत हुन भनेको हो ।
साथै सीमा क्षेत्रमा खटिने भारतीय सुरक्षाकर्मी, सुरक्षा निकायको भौतिक पूर्वाधार र सवारीको फोटो नखिच्न पनि भनेको छ ।

चीनले नेपाल घुम्न आउने नागरिकलाई रातको समयमा बाहिर नहिड्न र प्रकृतिक विपत्ति, चोरी, यात्रामा विवादलगायत समस्या भएमा नेपाल प्रहरी र काठमाडौंस्थित चिनियाँ दूतावाससँग सम्पर्क गर्न पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL