Logo

बिहीबारदेखि पुनः अनसनमा डा.केसी

बिहीबारदेखि पुनः अनसनमा डा.केसी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । डा। गोविन्द केसीले आफ्नो १३ औं अनसन आजबाट सुरु गर्ने भएका छन्। अनसन बिहीबार अपरान्ह साढे चार बजेबाट सुरू गरिने भएको हो ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेकाले डा। केसी अनसनमा बसेका हुन्।

गत असोज ९ गते सुरू गरेको १२ ‌औं अनसन दसैंका कारण ११ गते नै स्थगित गरेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापकडा। केसीले १९ बाट पुनः बस्ने बताएका थिए।

अनसन स्थगित गरेपछि १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न केसीले असोज १९ गतेसम्मको अल्टिमेटम दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL