Logo

उपत्यकामा टीकाको दिन सेनाको निःशुल्क बस सेवा, हेर्नुहोस यस्तो छ रुट

उपत्यकामा टीकाको दिन सेनाको निःशुल्क बस सेवा, हेर्नुहोस यस्तो छ रुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विजयादशमीका दिन सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । टीकाको दिनमा उपत्यकामा सार्वजनिक सवारी साधन कम सञ्चालन हुने भन्दै सर्वसाधारणका लागि बस चलाउन लागेको हो ।

सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार उपत्यकाका आठ वटा रुटमा यातायात सुविधा उपलब्ध गराइन लागेको हो । बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट सेनाका बस निःशुल्क सञ्चालन हुनेछन् ।

रुट नं. १( भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं. २ ( भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ हुँदै माइतीघर ।

रुट नं. ३( भद्रकाली देखि माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

रुट नं. ४( भद्रकाली देखि माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथहुँदै भद्रकाली ।

रुट नं. ५( भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।

रुट नं. ६( भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

रुट नं. ७( भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्य्विनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

रुट नं. ८( भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

त्यस्तै दशैंको विदामा घर जाने सैनिक र उनीहरुका परिवारका लागि पनि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ । ५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL