Logo

सानिमाको नेतृत्वमा खिम्ती २ मा १० बैंकको लगानी, २०७८ भित्र निर्माण सम्पन्न

सानिमाको नेतृत्वमा खिम्ती २ मा १० बैंकको लगानी, २०७८ भित्र निर्माण सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खिम्ती–२ जलविद्युत आयोजनका लागि सानिमा बैंकको नेतृत्वमा विभिन्न १० वटा बाणिज्य बैंकले लगानी गरेका छन् । यससँगै पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८ दशमलव ८० मेगावाटको खिम्ती–२ आयोजनाका लागि वित्तीय स्रोत जुटेको हो ।

सो आयोजनामा विभिन्न १० बैंकले कुल ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ लगानी गर्न एक कार्यक्रमबीच उक्त सम्झौता गरेका हुन् । जसमा लिड बैंकको तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र आयोजनाका प्रमुख कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरे । आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

आयोजनामा सानिमाका साथै सिद्धार्थ बैंक, नविल बैंक, एनएमबि बैंक,बैंक अफ काठमाडौं, सिभिल बैंक, जनता बैंक, एनआईसी एशिया बैक, ग्लोबल आइएमइ बैंक र एनसीसी बैंकले लगानी गर्ने भएका छन् । कम्पनीले सो आयोजना २०७८ सालभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

२०६९ कार्तिक १५ गते सर्भेक्षण अनुमतिपत्र प्राप्त गरेको सो आयोजनाले नेपाल विद्युत प्राधिकरणबीच ०७२ असोज १४ गते विद्युत खरीद सम्झौता गरेको थियो । आयोजनाको लागि सम्पूर्ण अध्यन सम्पन्न भएर टेन्डर अवार्ड भई निर्माण कम्पनीले काम समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL