Logo

विदेशी पर्यटकले १ महिनामा गरे ४ अर्ब २६ करोड खर्च, बाहिरियो ७ अर्ब

विदेशी पर्यटकले १ महिनामा गरे ४ अर्ब २६ करोड खर्च, बाहिरियो ७ अर्ब


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । १ महिनामा विदेशी पर्यटकबाट ४ अर्व २६ करोड रुपैयाँ भित्रिएको छ । सन् २०१७÷ १८ को पहिलो १ महिनामा नेपाल घुम्न आएका विदेशी पर्यटकले सो रकम खर्च गरेका हुन् ।

गत आवको पहिलो १ महिनामा ३ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको थियो ।। चालु आवमा विदेशी पर्यटकले गत आवको तुलनामा १७ दशमलब ८ प्रतिशत बढी खर्च गरेको देखिन्छ ।

सन् २०१६÷१७ मा नेपालमा विदेशी पर्यटकबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ भित्रिएको थियो । सो रकम विदेशी पर्यटकले नेपालमा घुम्न आउँदा खर्च गरेको नेपाल राष्ट्र बैंकले हालै सार्बजनिक तथ्यांकले यस्तो देखाएको हो ।

तर, पछिल्ला केही बर्षमा नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा गर्ने खर्चको आकार ठूलो छ । चालु आवको पहिलो महिनामा नेपालबाट आउटबाउन्ड टुरिजममार्फत ७ अर्ब १२ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको पहिलो महिनामा ६ अर्ब ९८ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको थियो । जुन चालु आवको पहिलो महिनाको तुलनामा २२ प्रतिशतले बढी हो ।

जुन २०१६÷१७ मा आउटबाउन्ड टुरिजममा ७९ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL