Logo

सोमबार बेलुकादेखि देखि खुले दरबारमार्गका पसल

सोमबार बेलुकादेखि देखि खुले दरबारमार्गका पसल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं। सोमबार बेलुकादेखि दरबारमार्गका पसलहरु खुल्न थालेका छन् । गत बिहीबारदेखि बन्द रहेका पसल आजदेखि खुल्न थालेको हो । आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा टोलिले अनुगमन थालेसँगै व्यापारीहरुले पसल बन्द गरेका थिए ।

पसल तीन दिनका लागि खुल्न थालेको हो । समस्या समाधानका लागि सोमवार दरबारमार्ग विकास बोर्ड र नेपाल चेम्वर अफ कमर्शवीच भएको छलफलका क्रममा नेपालीहरुको महान चाड दशैं नजिकिएकाले तीन दिनका लागि पसल खोल्ने निर्णय गरेको छ । त्यसपछि पनि माग सुनुवाई नभए पुनः बिरोधका कार्यक्रम अगाडि बढाउने बोर्डले बताएको छ ।

नेपाल उद्योग बाणिज्य महासङ्घ र चेम्बरले सरकारसँग दरबारमार्गको समस्या समाधानमा प्रयास गरिरहेको बताएको छ ।

 

अनुगमनका क्रममा नाइकको स्टोरले ४ हजार ७ सय पर्ने नाइक ब्रान्डको जुत्तालाई २६ हजार ९ सय ९० मा बिक्री गरेको प्रमाण फेला पार्‍रेपछी सिलबन्दी गरिएको थियो । त्यस्तै नर्थ फेसले १३ हजारमा सामान बिक्री गरेर ४ हजारको बिल काटेको समेत भेटिएको थियो। मन्त्रीको टोलीले अनुगमनका क्रममा पसलहरुले सस्तो सामानलाई महंगो मूल्यमा बेचेको भन्दै सिलबन्दी गरेका हुन् ।व्यापारीहरुले राज्यले बिक्री बढी हुने समयमा आतंक मच्याएको भन्दै आक्रोशित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
MBL