Logo

आफ्ना ३२ ओटा काम देखाउदै मेयर शाक्य भन्छन् ‘निराश छैन’

आफ्ना ३२ ओटा काम देखाउदै मेयर शाक्य भन्छन् ‘निराश छैन’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आजको ठिक १सय दिन अघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा १ सय १ काम सम्पन्न गर्ने बाचा गरेका थिए ।

पत्रकार सम्मेलन गरेर १सय १ ओटा कार्यक्रम गर्ने बाचा गरेका उनले बिहीबार पत्रकारकै सामु आफुले गरेका कामहरुबारे जानकारी दिए ।
तर बिहीबार सार्वजनिक गरिएको प्रगती विवरणमा भने ३५ ओटा काम मात्र भएको देखिन्छ । त्यही पनि कतिपय त प्रक्रियामै छन् । तैपनी मेयर भन्छन् ‘निरास छैन’।

त्यसो त सम्बोधनका क्रममा मेयर शाक्यले जनताले अपेक्षा गरे अुनसारको काम हुन नसकेको स्वीकार गरेका छन् । ‘कानुनी तथा नीतिगत बाधाले अपेक्षा अनुसारको काम हुन सकेन,’ उनले भने, ‘तर कामै नभएको भने होइन ।’

महानगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुगेकोे अवसरमा मेयर शाक्यले उनले महानगरलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यसहित प्रत्येक वडा कार्यालयमा सिसी क्यामेरा जडानको काम भइरहेको बताए ।

त्यस्तै ‘क्लिन द सिटी’ कार्यक्रमअन्तर्गत वडावडामा जनपरिचालन गरी दैनिक रुपमा गरिने फोहोर संकलन बाहेक १०९५ मेट्रिक टन फोहोर संकलन गरी अन्तिम व्यवस्थापन गरिएको जानकारी दिए ।

मेयर शाक्यले सार्वजनिक गरेको प्रगती विवरणमा जेष्ठ नागरिक भत्ता, फोहोरबाट विजुली, सडक व्यवस्थापन, ठूला सवारीको संख्या वृद्धि, अपांगतामैत्री सडक र भवन निर्माण, फोहोरबाट विजुली निकाल्नेलगायतका प्रतिबद्धताको काम भइरहेको उल्लेख छ ।

त्यस्तै सोलार बत्ती जडान, बाढीपीडितको उद्धारमा सहयोगलगायत समेटिएको छ । कार्यक्रममा सामाखुशीमा ढलले बगाएकी सत्या सापकोटालाई १० लाख बराबरको बीमाको चेक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL