काठमाडौं । नेकपा माओवादी केन्द्रले १० राज्यमन्त्री छानेको छ । माओवादी केन्द्रले श्यामकुमार श्रेष्ठलाई गृह राज्यमन्त्री बनाउने भएको छ ।
त्यस्तै रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्री, सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति र छमबहादुर गुरुङलाई सहरी विकास राज्यमन्त्री बनाउन लागेको हो ।
त्यसैगरी गोमा कुँवरलाई पशुपक्षी र वाङ्दी शेर्पालाई सामाज्य प्रशासन राज्यमन्त्री सिफारिस गरिएको छ ।
८ राज्यमन्त्रीको प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पद तथा गोपनियताको सपथ गराउने छन् ।