Logo

उद्योगीले भेटे चिनीयाँ उपप्रधानमन्त्री, नेपाली उत्पादनको चीनमा सहज प्रवेशको माग

उद्योगीले भेटे चिनीयाँ उपप्रधानमन्त्री, नेपाली उत्पादनको चीनमा सहज प्रवेशको माग


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाली निजी क्षेत्र र चीनका उपप्रधानमन्त्री वाङ याङबीच आज काठमाडौंमा भेटवार्ता सम्पन्न भएको छ ।

भेटवार्तामा महासंघका अध्यक्ष राणाले विस्तारै समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि  चिनीयाँ  सरकार तथा त्यहाँको निजी क्षेत्रको सहयोग खांचो रहेको बताइन् । ‘हाम्रो क्षमता अभिवृद्धि गर्न होस वा उत्पादन क्षमता बढाउन, लगानी प्रवद्र्धन होस वा नेपाल भित्र पर्याप्त आर्थिक अवसरहरुको सृजना गर्न अझ बढी चिनिया सहयोग नेपाली निजी क्षेत्रले खोजी रहेको छ’ उनले भनिन् ।

चीनसंगको चुलिंदो व्यापार घाटालाई न्यूनिकरण गर्न नेपाली उत्पादनहरूको चिनीयाँ बजारमा सहज प्रवेशका लागि उपप्रधानमन्त्री समक्ष अध्यक्ष राणाले आग्रह गरिन् ।

यसका लागि चीनमा निर्यात सम्भाव्यता भएका नेपाली वस्तु तथा सेवाहरूलाई डयूटि फ्रि सहुलियत सुविधाको माग समेत
गरेकी थिइन् ।
नेपालमा संयुक्त लगानीमा उत्पादन गरी चीनको बजारमा निर्यात गर्न सकिने वस्तु तथा सेवामा आधारित उद्योग व्यवसायमा सहकार्य एवं सहयोगमा समेत अध्यक्ष राणाले जोड दिइन् ।

भेटमा अध्यक्ष राणाले एशियन पूर्वाधार विकास बैंकको संस्थापक सदस्य तथा मित्र राष्ट्र चीन सरकारले अगाडी सारेको एक क्षेत्र एक रोड अभियानको महत्वपूर्ण हस्ताक्षरकर्ताको नाताले नेपालले चीन तथा एक क्षेत्र एक रोडसंग जोडिएका देशहरूसँग प्रगाढ सम्पर्क स्थापित हुने बताइन् । साथै लगानी एवं प्रविधि आकर्षण, वाह्य सम्पर्क विस्तार एवं पूर्वाधार अभावलाई समेत परिपूर्ति गर्नेे विश्वास नेपाली निजी क्षेत्रको रहेको जानकारी दिइन् ।

अध्यक्ष राणाले एक क्षेत्र एक रोड मार्फत नेपालको पूर्वाधार विकासमा चिनिया“ सहयोगका लागि उपप्रधानमन्त्री समक्ष आग्रह समेत गरिन् ।
सो अवसरमा चिनिया“ उपप्रधानमन्त्रीबाट नेपाली निजी क्षेत्रसंगको भेटवार्ता आफ्ना लागि अत्यन्त महत्वपूर्ण भएको बताए । चीन नेपाल बीचको आर्थिक सहकार्य एवं आर्थिक सम्बन्ध निरन्तर रुपमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु प्रदीपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्