Logo

१ बर्षभित्र थप २२ अर्ब लगानी गर्ने टेलिकमको घोषणा

१ बर्षभित्र थप २२ अर्ब लगानी गर्ने टेलिकमको घोषणा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक बर्षमा २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिव २२ अर्ब रुपैयाँ लगानी गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

‘टेलिकमले आर्थिक बर्ष २०७४/०७५मा १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य राखेकोे छ,’ उनले भनिन्, ‘त्यही लक्ष्य पुरा गर्न गुणस्तरमा सुदृढीकरण तथा सेवा बिस्तारका लागि थप लागनी गर्न लागेका हौं ।’

प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार २०७४ जेठ मसान्तसम्म १ करोड ७४ लाख ४२ हजार टेलिफोन ग्राहक छन् भने इनटरनेट चलाउनेको संख्या ८३ लाख ९५ हजार ग्राहक छन् ।

ग्राहक संख्या बढाउने उद्देश्य अनुरुप सिडिएमए तथा वाइम्याक्स सेवालाई समेत फोरजीमा रुपान्तरण गर्ने जानकारी उनले दिइन् । त्यस्तै डेटा सेवाको विस्तारका लागि वायरलाइन तथा मोबाइल डेटा सेवालाई अझ बढी सुबिधा र सहजताका साथ ग्राहकमा माझ प्रस्तुत गर्ने योजना टेलिकमको छ ।

त्यस्तै मोबाइल मनी सेवा यथाशीघ्र शुरु गर्न गृहकार्य भइरहेको कम्पनीका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । टेलिकमले दुरसञ्चार र पूर्वाधार निर्माणमा समेत हात हालिसकेको छ ।

जसअनुसार मध्य पहाडी लोकमार्गको पूर्वी खण्डमा पर्ने पाँचथरको चियो भञ्ज्याङबाट पश्चिममा आरुघाटसम्म ८ सय किलोमिटर मुख्य सूचना महामार्ग तथा १ हजार ५ सय ७० किमी शाखा खण्डमा अप्टिकल फाइबर विस्तार गर्न प्राधिकरणसँग सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्