Logo

सार्वजनिक पद धारण गरेकालाई निगमको विमान प्रयोग गर्न निर्देशन

सार्वजनिक पद धारण गरेकालाई निगमको विमान प्रयोग गर्न निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सार्वजनिक पद धारण गरेका  तथा निजामती कर्मचारीले अव नेपाल वायु सेवा निगमको विमान मात्र प्रयोग गर्न पाउने भएका छन् ।
संसदको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले कर्मचारीलाई यस्तो निर्देशन दिएको हो । ‘ सार्वजनिक पद धारणा गरेका व्यक्तिले सम्भव भएसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा निगमको जहाज प्रयोग गर्न निर्दिष्ट गर्दछ’ समितिको निर्णयमा उल्लेख छ ।
त्यस्तै समितिले एयर बस खरिद सम्झौताका सम्पुर्ण कागजात उपलब्ध गराउन  वायुसेवा निगम, निगमलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्