Logo

बजार ३ अंकले बढ्दा कारोबारमा लाग्यो लगाम, किन बढ्यो लगानी कोषमा आकर्षण ?

बजार ३ अंकले बढ्दा कारोबारमा लाग्यो लगाम, किन बढ्यो लगानी कोषमा आकर्षण ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दिनभर सामान्य उत्तरचढाव भएको नेप्से परिसुचक अन्तमा उकालो लागेको छ । बजर खुलेदेखि नै सामान्य रुपमा घटवढ भएको नेप्से अन्तमा २ दशमलव ८९ अंकले बढ्न पुगेको छ ।

बजारमा कुनै पनि समुहको परिसुचक उच्च रुपमा घटवढ भएको छैन । जसमा होटल, फाइनान्स, अतिरिक्त र बीमा समुहको परिसुचक सामान्य रुपमा बढेको छ । तर, बजारमा बढी प्रभाव रहेको बैंक, जलविद्युत तथा उत्पादनमुलक समुहको परिसुचक भने सामान्य ओरालो लागेका छन् ।

बजारमा परिसुचक बढेपनि कारोबार रकम भने घटेको छ । आईतबार १ अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार ९४ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ । दिनभर १ सय ५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ ।

सोमबार नागरिक लगानी कोषको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । लगानी कोषको मात्रै कुल ६ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । लगानीकोषको प्रतिकित्ता सेयर मूल्य १ सय ५९ रुपैयाँले बृद्धि भएको छ । कोषले केही समय अघि घोषणा गरेको २१ प्रतिशत बोनस सेयर र बार्षिक साधारणसभाको मिति समय तय गरेकाले लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

यसैगरी बढी कारोबार हुने कम्पनीको दोस्रो सुचीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ४ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड १३ लाख रुपैयाँको खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL