Logo

सोनीले ल्यायो नयाँ म्याग्नेटिक टेप, ८० हजार ओटासम्म फिल्म स्टोर गर्न सकिने

सोनीले ल्यायो नयाँ म्याग्नेटिक टेप, ८० हजार ओटासम्म फिल्म स्टोर गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।  अब आफुसँग भएको सूचनालाई भिन्न भिन्न डिभाइसमा राख्नुपर्ने समस्याको अन्त्य हुने भएको छ । सोनीले म्याग्नेटिक टेक आविष्कार गरेसँगै यो समस्याको समाधान हुने भएको हो । सोनिले हालै एक शक्तिशाली म्याग्नेटिक टेपको विकास गरेको छ ।
सोनी कम्पनिले विकास गरेको यो टेपमा पहिलेको भन्दा २० गुणा बढी सूचना राख्न सकिन्छ । विशेषगरी यो प्रविधि क्लाउड कम्प्यूटिङ र आर्टिफिसियलल इन्टेलिजेन्सका लागि आवश्यक र भरपर्दो हुनेछ ।
सोनीले आइबिएम को ज्युरिक ल्याबोरेटरीसंगको सहकार्यमा सो टेप तयार गरेको हो । उक्त प्रविधिले लगभग ३३० टेराबाइट सुचना स्टोर गर्न सक्नेछ  । जुन ८० हजार चलचित्र स्टोर गर्न सकिने क्षमता हो ।
सोनीको नयाँ म्याग्नेटिक टेपमा विषेश प्रकारको लुब्रिकेन्टको प्रयोग गरिएको छ । सो लुब्रिकेन्टले प्रयोगलाई सहज बनाउने छ । एजेन्सी/

प्रतिक्रिया दिनुहोस्