काठमाडौं । आइतबार नेप्से परिसुचक ४ दशमलब ४७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ६५ अंकमा पुगेर बन्द भएको हो ।
आइतबार अधिकांश समुहको परिसुचक ओरालो लागेपनि सेयर बजारमा बढी प्रभाब रहेको बैंकिङ, उत्पादन र अन्य समुहले सकारात्मक प्रभाब पारेको देखिन्छ । सो दिन उत्पादन समुह १७ दशमलब ६९, बैंकिङ ११ र अन्य समुहको परिसुचक ५ दशमलब ७९ अंकले बढेको छ ।
यता बीमा,होटल,जलविबद्युत,फाइनान्स र विकास बैंक समुहको परिसुचक भने क्रमशः ५० दशमलब २७, ३४ दशमलब १९, १६ दशमलब ३३,६ दशमलब ९३ र ३ दशमलब १३ अंकले ओरालो लागेको छ ।
]आइतबार नेशनल हाइड्रोपावरको ८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १ सय ५९ ओटा कम्पनीको ३२ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको थियो । जसबाट १ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।