Logo

१६ अर्ब ८६ करोड विदेशी लगानीको प्रस्ताव, पर्यटन क्षेत्रमा लगानी गर्न रुचाउँछन् लगानीकर्ता

१६ अर्ब ८६ करोड विदेशी लगानीको प्रस्ताव, पर्यटन क्षेत्रमा लगानी गर्न रुचाउँछन् लगानीकर्ता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ मा नेपालमा साढे १६ अर्ब  अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । गत आवमा  उद्योग विभागले  १६ अर्ब ८६ करोड रुपैयाँको विदेशी लगानीको प्रस्ताव स्वीकृत गरेको हो ।

५ सय ७ ओटा विदेशी लगानीका उद्योग दर्ता भएका हुन् । विशेषगरी पर्यटनमुलक उद्योगहरुमा बढी लगानीको प्रस्ताव आएका छन् । तर उद्योगको संख्या भने सेवामुलकमा बढी छ ।

सो अवधिमा १५७ ओटा सेवामुलक र १५२ ओटा पर्यटनमुलक उद्योग दर्ता भएका थिए । पर्यटनमुलक उद्योगमा सबैभन्दा बढी ६ अर्ब ५८ करोड रुपैयाँ बराबरको लगानीको प्रस्ताब आएको हो । त्यस्तै सेवामुलकमा ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानीको प्रस्ताब आएको विभागको तथ्यांकले  देखाएको छ ।

ग्त आवमा साढे १ खर्ब रुपैयाँ बराबरको लगानीको प्रस्ताव आएको थियो । गत आवमा ५ सय ८ ओटा उद्योगमार्फत १ खर्ब ४४ अर्ब ९६ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको हो ।

प्रतिक्रिया दिनुहोस्