Logo

६ महिनामा फेसबुकको नाफा नेपालको बजेट जती, १ घण्टामा कमाउछ ३४ करोड

६ महिनामा फेसबुकको नाफा नेपालको बजेट जती, १ घण्टामा कमाउछ ३४ करोड


बिजखबर संवाददाता
0
Shares

सामाजिक सञ्जाल फेसबुकले दैनिक कति आम्दानी गर्ला ? विश्वको एक चौथाई भन्दा बढी प्रयोगकर्ताबीच लोकप्रिय बन्दै गएको फेसबुकको आम्दानी बारे जिज्ञासा स्वभाविक पनि हो । यसैले त फेसबुकको आम्दानी, खर्चलगायतबारे विषय विश्वका प्राय सञ्चारमाध्यमको मूख्य समाचार बन्ने गरेको छ ।
यसैबीच फेसबुकले हालै २०१७ को दोश्रो त्रैमासिकको आम्दानी सार्बजनिक गरेको छ । जसअनुसार फेसबुकको दोस्रो त्रैमासिकमा  ९ दशमलव ३ अर्ब डलर अर्थात करिब १४ खर्ब ६ अर्ब रुपैयाँ आम्दानी भएको छ ।
जुन गत बर्षको सो अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो ।  गत बर्षको दोस्रो त्रैमाससम्म फेसबुकले ३ दशमलव  ९ अर्ब डलर अर्थात ६ खर्ब १६ अर्ब रुपैयाँ आम्दानी गरेको थियो ।
फेसबुकको दोश्रो त्रैमासको आम्दानी अनुसार उसले प्रतिघण्टा ३४ करोड रुपैयाँ आम्दानी हुन्छ ।  २० हजार ६ सय ५८ जना कर्मचारी भएको फेसबुक हाल विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले प्रयोग गर्ने गरेको पाइएको छ ।
यसले गर्दा पनि फेसबुकको आम्दानी बार्षिक दिनप्रतिदिन बढ्दै गएको हो । त्यसो त विज्ञापनदाता फेसबुकतिर आकर्षित हुँदैजाँदा पनि यसको आम्दानीमा वृद्धि भएको हो ।
यो वर्षको आधा अवधि र पछिल्लो तीन महिना राम्रो भएको फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले  बताए ।
फेसबुक सन् २००४ देखि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL