काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले देशका विभिन्न दश सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले मङ्गलबारदेखि विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि फोरजी सेवा सुरु गर्ने जनाएको हो । कम्पनीले यसअघि काठमाडौं, ललितपुर, भक्तपुर(नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ ।
थप दश सहरमा फोरजी विस्तार भएसँगै कुल जनसङ्ख्याको १५ प्रतिशतले एनसेलको फोरजी प्रयोग गर्ने कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । फोरजी सेवा सुरु भएको अवसरमा एनसेलले यी दश सहरमा तीस दिनसम्म निःशूल्क योण्डर एप प्रयोग गर्न सकिने सुविधा प्रदान गरेको छ ।
एनसेलले सन् २०१८ को अन्त्यसम्ममा देशका ४० सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य राखेर नेटवर्क परिक्षण पनि गरिरहेको छ ।