Logo

कम ‘बजेट’मा घुम्न नेपाल विश्वकै उत्कृष्ट गन्तव्य

कम ‘बजेट’मा घुम्न नेपाल विश्वकै उत्कृष्ट गन्तव्य


बिजखबर संवाददाता
0
Shares

कम खर्चमा घुम्ने पर्यटकका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा परेको छ । पर्यटकलाई घुमघाम सम्बन्धी उपाय र स्थान छनोटमा सहयोग पुर्याउँदै आएको डोमेस्टिक ट्राभल नामक अनलाइनले नेपाललाई कम बजेटमा दश उत्कृष्ट गन्तव्यमध्य पहिलो स्थानमा राखेको हो ।

भूकम्प र पेट्रोलियम अभावले नेपाललाई कठिन परिस्थितीमा पु¥याएपनि कम बजेटसहितका पर्यटकका लागि यो अझै पनि उत्कृष्ट गन्तव्य रहेको अनलाइनले उल्लेख गरेको छ । प्रतिदिन ५० डलर खर्चमा विश्वकै उत्कृष्ट रुट र वाइल्डलाइफको मज्जा लिन सक्नु नेपालको विशेषता रहेको पनि त्यहाँ उल्लेख गरिएको छ ।

नेपालमा पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएकोले हिमालको मनमोहक दृश्यका लागि नेपाल जानुपर्ने डोमेस्टिक अनलाइनको सुझाव छ । नेपालमा जहाँ पुगेपनि प्राप्त हुने न्यायो स्वागत अर्को विशेषताका रुपमा यसले उल्लेख गरेको छ ।

कम बजेटका उत्कृष्ट गन्तव्यको सूचीको दोस्रोमा नामिबिया, तेस्रोमा पोर्टो पोर्चुगल,चौथोमा इटालीको भेनिस, पाँचौमा हङ्गेरीको डेबे्रसेन, छैटौमा अमेरिकाको बेलिज, सातौंमा मोरक्को, आठौंमा रसिया, अष्टे«लयाको पेनिन्सुला र दशौंमा अमेरिकाको मिसिगान अपर पेनिन्सुला रहेको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्