काठमाडौं । मंगलबार नेप्से परिसुचक ७ दशमलब ११ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ३६ दशमलब १९ अंकमा पुगेर बन्द भएको हो ।
मंगलबार कारोबारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १५७ दशमलब ३२ अंकले बढेको हो । त्यस्तै उत्पादन ७९ दशमलब ५८,जलविद्युत १८,होटल समुहको परिसुचक ८ दशमलब ३९, विकास बैंक ६ दशमलब ४८,फाइनान्स ६ दशमलब ९६ र ट्रेडिङ समुहको परिसुचक १ दशमलब ३५ अंकले उकालो लागेको छ ।
यता सेयर बजारमा सबैभन्दा बढी प्रभाव रहने बैंकिङ र अन्य समुहको परिसुचक क्रमश ः ० दशमलब ४ र ३ दशमलब १८ अंकले ओरालो लागेको छ । मंगलबार राष्ट्रिय वीमा कम्पनीको सबैभन्दा बढी १० करोड २९ लाख बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार १ सय ५६ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १३ लाख कित्ता सेयरबाट ९४ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार १ सय ५६ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १३ लाख कित्ता सेयरबाट ९४ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।