Logo

इण्टरनेट प्रयोगकर्तालाई स्वदेशी ‘कण्टेण्ट’ उपलब्ध गराउँदै टेलिकम

इण्टरनेट प्रयोगकर्तालाई स्वदेशी ‘कण्टेण्ट’ उपलब्ध गराउँदै टेलिकम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई नेपालमै निर्माण भएका इण्टरनेट सामग्री(कण्टेण्ट) उपलब्ध गराउने तयारीलाई गति दिएको छ । पछिल्लो समय फोरजी प्रयोगकर्ता पनि बढ्दै गएपछि स्वदेशी कण्टेण्टकै प्रयोग बढाउन टेलिकमले यस्तो काम अघि बढाएको हो । यसका लागि टेलिकम आफैले पनि कण्टेण्ट विकास गर्ने भएको छ ।

विशेषगरी फोरजीको पर्याप्त उपयोग गराउन पनि कण्टेण्ट विकास गर्न लागिएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले बताए । स्वदेशी कण्टेण्टलाई प्राथमिकतामा राख्दै टेलिकमले हालै मात्र गित सङ्गितसँग सम्बन्धित मोबाइल एप सार्बजनिक गरिसकेको छ ।

टेलिकमले म्युजिक नेपाल प्रालिको सहकार्यमा म्युजिक स्ट्रिमिङ मोबाइल एप सञ्चालनमा ल्याएको हो । यो एप्समार्फत विभिन्न विधाका गितहरु सुन्न तथा सेयर गर्न सकिने छ ।

त्यसैगरी नेपाल टेलिकमले मोबाइलबाट बैंकको रकम भुक्तानीको सेवालाई पनि विस्तार गर्ने तयारी थालेको छ । टेलिकमले विभिन्न कन्टेन्टहरुलाई स्थानीयकरण (लोकलाइज) गर्ने प्रक्रिया पनि अघि बढाएको छ । जस्तो टेलिकमले गुगल तथा फेसबुक क्यास सर्भर राखेको छ ।

फेसबुक क्यास सर्भर नेपालमा राखेसँगै टेलिकमबाट फेसबुक चलाउँदा छिटै खुल्ने सम्भावना रहन्छ । क्यास सर्भर राखेसँगै तुलनात्मक रुपमा फेसबुकको गति चुस्त भएको सहायक प्रवक्ता अधिकारीको दाबी छ । त्यस्तै भाषामा पनि स्थानीयकरण गर्ने योजना टेलिकमको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL